प्रभु बैंकको ७२ करोड कर्जा प्रकरणः पाण्डे थुनामा, पूर्वसीईओ-डीसीईओसहित फरार प्रतिवादीलाई पक्राउ पुर्जी
काठमाण्डौ । प्रभु बैंकको कर्जा अपचलनसम्बन्धी बहुचर्चित मुद्दामा उच्च अदालत पाटनले मुख्य प्रतिवादी ओमप्रसाद पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। साथै, अदालतमा उपस्थित नभएका अन्य प्रतिवादीका हकमा पक्राउ पुर्जी जारी गर्न आदेश भएपछि बैंकका तत्कालीन उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिहरूमाथि पुनः पक्राउको कानुनी दबाब बढेको छ।उच्च अदालत पाटन, संयुक्त...

