शनिबार, असार १३,२०८३ 05:58:44
Bizshala
  • शनिबार, असार १३,२०८३ 05:58:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ठगीको आरोपमा प्रभु ग्रुपका सञ्चालक देवी भट्टचन पक्राउ, सोही ग्रुपका अरु पनि पक्राउ पर्नसक्ने

Laxmi Sunrise Bank Limited
ठगीको आरोपमा प्रभु ग्रुपका सञ्चालक देवी भट्टचन पक्राउ, सोही ग्रुपका अरु पनि पक्राउ पर्नसक्ने

काठमाण्डौ । नेकपा एमालेका पूर्व सांसद तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेर सत्ताको व्यापक दुरुपयोग गर्दै आएका बैंकर तथा व्यवसायी प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन करोडौं ठगीको आरोपमा पक्राउ परेका छन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रभु ग्रुपका सञ्चालक तथा प्रभु मनि ट्रान्सफर प्रालिका अध्यक्ष, नेकपा (एमाले) का पूर्वसांसद ६२ वर्षीय देवीप्रकाश भट्टचनलाई ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को उल्लंघनको आरोपमा मंगलबार (कात्तिक ११) ललितपुरको गोदावरी नगरपालिका–३, टीकेल (टौकेल) बाट पक्राउ गरेको हो।

New Office
CG Motors
Garima Development Bank

सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार, ठाकुरप्रसाद मानन्धरलगायतको जाहेरी र देशभरका ३० भन्दा बढी सहकारी संस्थाबाट परेको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतले भट्टचनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा सीआइबीको टोलीले उनलाई पक्राउ गरेको हो।

भट्टचनले सञ्चालित प्रभु मनि ट्रान्सफर प्रालिले नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबारको लाइसेन्स लिएको थियो। २०६९ पुस १ गते प्रभु म्यानेजमेन्ट प्रालिसँग सुपर एजेन्टको रूपमा सम्झौता गर्दै विदेशबाट आएको विप्रेषण रकम देशभरका सहकारी संस्थाहरूमार्फत लाभग्राही (बेनिफिसरी) लाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो। उक्त सम्झौतामा दुवै कम्पनीका मुख्य सञ्चालक भट्टचन नै थिए।

प्रभु म्यानेजमेन्टकी तत्कालीन प्रबन्ध निर्देशक कुसुम लामाले सहकारीहरूलाई सब-एजेन्ट बनाएर रेमिट्यान्स वितरणको जिम्मेवारी दिएकी थिइन्। सहकारीहरूले लाभग्राहीलाई रकम त बुझाए, तर प्रभु मनि ट्रान्सफरले प्रभु म्यानेजमेन्टमार्फत ती सहकारीलाई सोधभर्ना गरेन। यसरी करोडौं रुपैयाँ हिनामिना भएको प्रारम्भिक अनुमान छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कार्य नेपाल राष्ट्र बैंकको विप्रेषण विनियमावली, २०७९ को दफा ९ को स्पष्ट उल्लंघन हो। उक्त दफाले इनवार्ड रेमिट्यान्स कम्पनीले आफैं वा आफ्ना सब-एजेन्टमार्फत मात्र लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने प्रावधान राखेको छ।

प्रहरीकाअनुसार, सत्ता र शक्तिको दुरुपयोग गर्दै भट्टचनले लामो समयदेखि अनुसन्धानलाई प्रभावित पार्दै लुकिछिपी बसेका थिए। उनीविरुद्धको मुद्दामा संकलित प्रमाणका आधारमा पक्राउ गरिएको हो।

त्यसो त लामो समयसम्म प्रभू बैंकको अध्यक्ष समेत बनेका भट्टचनले सो बैंकमा आफ्नो पारिवारिक सदस्य रहेका अशोक शेरचनलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएका थिए । भट्टचन र शेरचन मिलेर लामो समयदेखि प्रभू बैंकमा समेत बैंकिंग कसूर हुने गैरकानूनी काम गर्दै आइरहेका विषय पटक-पटक बाहिर आए पनि ओलीनिकट भएकै कारण उनीहरु जोगिँदै आएका थिए । प्रभू बैंकले ऋण प्रवाह गर्दा आफन्तको नाममा जथाभावी प्रवाह गरेको, कमसल धितोमा धेरै ऋण दिएको, ऋणिसँग उल्टो मिलेर कन्सोर्टियममा लोन प्रवाह गरेका अन्य सहकर्मी बैंकहरुका सीईओलाई ज्यान मार्नेसम्मको धम्की दिएको, राष्टबैंकमा समेत प्रभाव जमाएर पटक-पटक पद तथा स्रोतको दुरुपयोग गर्दा समेत कारबाही नगरेको, प्रभू बैंकभित्रै पनि संस्थागत सुशासन भद्रगोल बनाएको, विभिन्न शीर्षकका बजेटहरुको बैंकभित्र व्यापक दुरुपयोग हुँदा समेत भट्टचनकै संरक्षण हुने गरेको लगायत दर्जनौ आरोप उनीमाथि छन् ।  

भट्टचनलाई अहिले प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले यस प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुनसक्ने भन्दै अनुसन्धानलाई विस्तार गर्ने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.