नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र टेकनारायणसहित ८ जनालाई ४ वर्ष कैद
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित दोषी ठहर भएका १५ जनाको सजाय निर्धारण गरेको छ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार दोषीहरूलाई कसुरअनुसार एकदेखि चार वर्षसम्म कैद र १० हजारदेखि ४० हजार रुपैयाँसम्म जरिवाना हुने फैसला सुनाएको...

