कुलेश्वरको साई श्री फुड्स प्रालि कारबाहीमा, विभागले तिरायो २० हजार रुपैयाँ जरिबाना
काठमाण्डौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरिएको बजार अनुगमनका क्रममा एक फर्मलाई २० हजार रुपैयाँ जरिबाना गरेको छ ।काठमाडौं उपत्यकामा गरिएको अनुगमनका क्रममा काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित साई श्री फुड्स प्रालिलाई उक्त जरिबाना गरिएको विभागले जनाएको छ ।

