भोगाधिकारमा रहेका सरकारी जग्गा लिजमा ल्याउन विभागको सक्रियता, सम्बन्धित पक्षलाई प्रक्रिया पूरा गर्न आग्रह
काठमाण्डौ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भोगाधिकारका आधारमा प्रयोग हुँदै आएका सरकारी जग्गालाई कानूनी रूपमा लिजमा रूपान्तरण गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। विभागले यस सम्बन्धमा देशभरका मालपोत तथा भूमि प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गर्दै भोगाधिकारमा रहेका जग्गाको यथार्थ विवरण अद्यावधिक गर्न र...

