कहिले आउँदैछ मौद्रिक नीति ? के आउँदैछ नयाँ ?
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि यही साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राष्ट्रबैंकको सञ्चालक समितिका एक सदस्यका अनुसार व्यवस्थापनले तयार गरेको मौद्रिक नीतिको विषयमा छलफल गरी आवश्यक संसोधनसहित पारित गर्ने उद्देश्यले यही साताको कुनै दिन बैठक बोलाइने खबरहरु प्राप्त भइरहेका छन् ।

