अन्तर्राष्ट्रिय क्रिप्टो बजारमा उतारचढाव : बिटक्वाइन १ लाख ८ हजार डलरसम्म झर्यो, इथरियम पनि घट्यो
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिप्टोकरेन्सी बजारमा मंगलबार पुनः उतारचढाव देखिएको छ। विश्वकै लोकप्रिय डिजिटल मुद्राहरू बिटक्वाइन (Bitcoin) र इथरियम (Ethereum) दुवैको मूल्य घटेर पछिल्लो केही सातामै न्यून स्तरमा पुगेका छन्।टाइम्स अफ इन्डियाका अनुसार, आज बिहानसम्म बिटक्वाइनको मूल्य करिब अमेरिकी डलर १,०८,०९८ मा कारोबार भइरहेको छ। अघिल्लो बन्द मूल्यभन्दा यो करिब १.३ प्रतिशतले घटेको हो।...