चीनका पार्कमा ‘विवाह हाट’: जहाँ प्रेमभन्दा पहिले हेरिन्छ घर, जागिर र आम्दानी
काठमाण्डौ । निलो र गुलाबी कागजका पोस्टर, पोस्टरमा उमेर, उचाइ, शिक्षा, जागिर, वार्षिक आम्दानी, घरको अवस्था र भावी जीवनसाथीबाट गरिएका अपेक्षा। वरिपरि ती विवरण नियाल्दै, टिपोट गर्दै र आपसमा छलफल गरिरहेका सयौँ अभिभावक तथा अविवाहित व्यक्ति।यो कुनै रोजगारी मेला होइन। न त घरजग्गा किनबेचको प्रदर्शनी नै हो। यो आधुनिक चीनका ठूला सहरका सार्वजनिक पार्कमा लाग्ने ‘विवाह हाट’ हो, जहाँ...

