इलामको सूर्योदयका ५३ चिया उद्योग बन्द हुने, भारतीय अवरोधले निर्यात संकट गहिरियो
काठमाण्डौ । भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा कडाइ गर्दै नयाँ गुणस्तर मापदण्ड लागू गरेपछि इलामको सूर्योदय नगरपालिकाका ५३ वटा चिया उद्योगले असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेका छन्।सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार तयारी चिया बिक्री नहुने, गोदाम भरिने र किसानलाई भुक्तानी दिन नसक्ने अवस्था आएपछि उद्योग सामूहिक रूपमा बन्द गर्ने...

