पुरानो मेडिकल कलेजमा न्यूरो सर्जरी सेवा पुनःसुरु
काठमाण्डौ । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनःसुरु भएको छ। वरिष्ठ न्यूरो सर्जन प्राडा आइपचेरियनको नेतृत्वमा वरिष्ठ न्यूरो सर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्यूरो सर्जरी सेवा दिन थालेको हो।डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा...