काठमाण्डौ । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा न्यूरो सर्जरी सेवा पुनःसुरु भएको छ। वरिष्ठ न्यूरो सर्जन प्राडा आइपचेरियनको नेतृत्वमा वरिष्ठ न्यूरो सर्जन डा. बिपिन चौरसिया सहितको चिकित्सकको टोलीले अस्पतालमा न्यूरो सर्जरी सेवा दिन थालेको हो।
डा. चौरसियाका अनुसार अस्पतालले २४ सै घण्टा आकस्मिक न्यूरो सर्जरी सेवा र बिहान ९ देखि बेलुका ५ बजेसम्म ओपीडी सेवा प्रदान गर्नेछ। विशेष गरी सवारी दुर्घटनाबाट हुने टाउको र मेरुदण्डको चोट (न्यूरोट्रमा) जस्ता आकस्मिक केसहरूमा विशेष ध्यान दिइएको जनाइएको छ ।
‘हाम्रो टिम मस्तिष्कको ट्युमर,मस्तिस्कघात, ब्रेन एन्युरिजम, टाउकोमा पानी जम्ने, मेरुदण्डको ट्युमर, फ्र्याक्चर, ढाड दुख्ने, खुट्टा झमझम गर्ने र पक्षाघात जस्ता न्यूरोसम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्न सक्षम छ,’ डा. चौरसियाले भने।
यो सेवाले चितवनवासीलाई काठमाण्डौ रिफर गर्नुपर्ने बाध्यता हटाउँदै गुणस्तरीय न्यूरो सर्जरी सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पातलले व्यक्त गरेको छ।