निर्वाचन आचारसंहिता उल्लंघन गर्दै बालबालिकाको प्रयोग भएकोप्रति सिजपको गम्भीर ध्यानाकर्षण
काठमाण्डौ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयनका क्रममा बालबालिकाको प्रयोग भएकोप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भएसँगै निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू सार्वजनिक हुन थालेको बताउँदै सिपजले मनोनयनका क्रममा बालबालिकालाई राजनीतिक...

