दुध पोखरी चेपे हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डका अनुसार कम्पनीले गत माघ २० गते नै निवेदन दिएको भए पनि बोर्डले हालै मात्र आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको हो ।

