प्रतिनिधिसभामा पर्चा प्रदर्शनपछि सभामुखको कडा चेतावनी, सांसदहरूलाई संसदीय मर्यादा कायम राख्न निर्देशन
काठमाण्डौं । प्रतिनिधिसभामा सोमबारको बैठकका क्रममा सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई संसदीय आचारसंहिता र मर्यादाभित्र रहेर आफ्नो भूमिका निर्वाह गर्न कडा निर्देशन दिएका छन् ।बैठक सुरु भएलगत्तै श्रम संस्कृति पार्टीका सांसदहरूले सरकारविरुद्ध नारासहितका पर्चा देखाउँदै केही क्षण मौन प्रदर्शन गरेपछि सदनको वातावरण केही समय असहज बनेको थियो ।

