राहदानी सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुने
काठमाण्डौ । परराष्ट्र मन्त्रालय अन्तर्गत राहदानी विभागले राहदानी वितरण सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । विभागले नयाँ प्रणालीमा जाँदा तीन हप्तासम्म सेवा अवरुद्ध हुन सक्ने जनाएको हो । अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण नभएसम्म जिल्ला÷इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा एकदेखि तीन हप्तासम्म र विभागबाट प्रदान...

