ढोरपाटन नगरपालिकाको ६२ करोड ७० लाख रुपैयाँ बजेट सार्वजनिक, चालू खर्चमा बढी विनियोजन, पूँजीगततर्फ १८ करोड छुट्याइयो
काठमाण्डौ । ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६२ करोड ७० लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।नगर उप–प्रमुख धनबहादुर कायतले मंगलबार बसेको नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

