बुधबार, असार १०,२०८३ 09:47:48
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:47:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ढोरपाटन नगरपालिकाको ६२ करोड ७० लाख रुपैयाँ बजेट सार्वजनिक, चालू खर्चमा बढी विनियोजन, पूँजीगततर्फ १८ करोड छुट्याइयो

Laxmi Sunrise Bank Limited
ढोरपाटन नगरपालिकाको ६२ करोड ७० लाख रुपैयाँ बजेट सार्वजनिक, चालू खर्चमा बढी विनियोजन, पूँजीगततर्फ १८ करोड छुट्याइयो

काठमाण्डौ । ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६२ करोड ७० लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगर उप–प्रमुख धनबहादुर कायतले मंगलबार बसेको नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

New Office
CG Motors
Garima Development Bank

नगरपालिकाले कुल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ४४ करोड ६२ लाख ६६ हजार २ सय रुपैयाँ र पुँजीगत खर्चतर्फ १८ करोड ८ लाख रुपैयाँ छुट्याएको छ।  

आगामी वर्षको बजेटलाई स्थानीय आवश्यकता, सेवा प्रवाह सुदृढीकरण र पूर्वाधार विकासलाई केन्द्रमा राखेर तयार गरिएको नगरपालिकाले जनाएको छ।

स्रोत व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीलाई मुख्य आधार बनाइएको छ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७३ लाख, सशर्त अनुदान २८ करोड ४० लाख ९६ हजार २ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै फोहोर व्यवस्थापन र सडक आयोजनाका लागि १ करोड २६ लाख तथा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि १ करोड ८० लाख समपूरक अनुदान विनियोजन गरिएको छ।

संघीय राजस्व बाँडफाँडबाट ११ करोड ६५ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

प्रदेश सरकारतर्फ समानीकरण अनुदान १ करोड २५ लाख, बुर्तिबाङ खानेपानी आयोजनाका लागि ४० लाख, ढोरपाटन नदी बेलिब्रिजका लागि ६० लाख तथा सवारी साधन कर बाँडफाँडबाट १ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नगरपालिकाको आन्तरिक स्रोततर्फ २ करोड ९९ लाख ४५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ। 

साथै मालपोत राजस्व बाँडफाँडबाट ८५ लाख रुपैयाँ तथा चालू आर्थिक वर्षको बैंक मौज्दातबाट १ करोड ८० लाख रुपैयाँ उपयोग गरिने उल्लेख गरिएको छ।

विनियोजित बजेटमध्ये सामाजिक विकास क्षेत्रलाई प्राथमिकतामा राखिएको छ।  

यसका लागि संघीय सशर्त अनुदानसहित कुल ३१ करोड ४० लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ।  

शिक्षा, युवा तथा खेलकुद क्षेत्रअन्तर्गत बालविकास शिक्षक, विद्यालय कर्मचारी, सामुदायिक सिकाइ केन्द्रका परिचालक तथा नगर अनुदान शिक्षकहरूको पारिश्रमिकका लागि ४ करोड ९ लाख रुपैयाँ छुट्याइएको छ।

त्यस्तै स्थानीय पाठ्यपुस्तक “हाम्रो ढोरपाटन” छपाइका लागि ६ लाख रुपैयाँ, आईसीटी तालिम तथा शैक्षिक सुधार कार्यक्रमका लागि ५० लाख रुपैयाँ तथा स्वास्थ्य र आयुर्वेद सेवाका लागि संघीय सशर्त अनुदान बाहेक ५८ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.