बुधबार, असार १०,२०८३ 10:31:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:31:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ताप्लेजुङको मैवा खोला गाउँपालिकाको ४३ करोड ६१ लाख बजेट सार्वजनिक

Laxmi Sunrise Bank Limited
ताप्लेजुङको मैवा खोला गाउँपालिकाको ४३ करोड ६१ लाख बजेट सार्वजनिक

काठमाण्डौ । ताप्लेजुङको मैवा खोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४३ करोड ६१ लाख ३४ हजार ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  

गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको अनुमतिमा उपाध्यक्ष कमलकुमारी लिम्बूले गाउँसभाको १९औँ बजेट अधिवेशनमार्फत उक्त बजेट प्रस्तुत गरेकी हुन्।

New Office
CG Motors
Garima Development Bank

बजेटमा संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, आन्तरिक स्रोत र अन्य वित्तीय शीर्षकलाई मुख्य आधार बनाइएको छ।

संघीय वित्तीय समानीकरण अनुदानबाट ९ करोड ५३ लाख रुपैयाँ र प्रदेश वित्तीय समानीकरण अनुदानबाट ८४ लाख ८९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।  

संघीय सशर्त अनुदानतर्फ १६ करोड ४४ लाख रुपैयाँ विनियोजन भएको छ।

गाउँपालिकाले आन्तरिक राजस्वतर्फ ६ करोड ७२ लाख ७ हजार ५६३ रुपैयाँ संकलन हुने प्रक्षेपण गरेको छ।  

यस्तै संघीय राजस्व बाँडफाँडबाट ७ करोड ५३ लाख ५८ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ५३ लाख ४६ हजार ३४४ रुपैयाँ तथा विशेष अनुदानबाट १ करोड ६० लाख रुपैयाँ प्राप्त हुने उल्लेख छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समपूरक अनुदान तथा गैरसरकारी संस्थामार्फत थप स्रोत परिचालन हुने पनि जनाइएको छ।

बजेटले सामाजिक विकास र लक्षित समूहका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।  

विशेषगरी दलित तथा अति विपन्न परिवारलाई लक्षित गर्दै ‘अध्यक्ष स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरिने घोषणा गरिएको छ।  

यसअन्तर्गत करिब एक हजार घरधुरीका नागरिकको स्वास्थ्य बीमा प्रिमियम गाउँपालिकाले व्यहोर्नेछ।

गाउँपालिकाका अनुसार यो कार्यक्रमले आर्थिक रूपमा कमजोर समुदायलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यसअघि नै गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गरिसकेको र त्यसकै आधारमा बजेट कार्यान्वयनमा लैजाने तयारी गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.