ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई स्वागत गर्दै पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् ।

