नेपालको बैंकिङ इतिहास समेटिएको पुस्तक बजारमा
काठमाण्डौ । बैंक केवल पैसा जम्मा गर्ने ठाउँ मात्र नभई अर्थतन्त्रको मेरुदण्ड हो। नेपालमा बैंकिङ क्षेत्रको सुरुवात भएको ८८ वर्ष पूरा भएको छ। राणाकालदेखि वर्तमान समयसम्मको बैंकिङ इतिहासलाई समेटेर लेखक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाले “नेपालको बैंकिङ इतिहास” नामक पुस्तक बजारमा ल्याएका छन्।