निर्वाचन आयोगको निर्णायक तयारी : फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई लक्षित छलफलमा २९ दल सहभागी
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउने उद्देश्यसहित निर्वाचन आयोगले राजनीतिक दलहरूसँग विशेष छलफल गरेको छ। आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ वटा राजनीतिक दलका शीर्ष प्रतिनिधिहरूलाई बिहीबार छलफलमा आमन्त्रण गर्दै निर्वाचन पूर्वको रणनीतिक संवाद सम्पन्न गरेको हो।