एडीबी अध्यक्ष काठमाडौंमा : बालेन सरकारको पहिलो उच्चस्तरीय विदेशी भेट, दुई ठूला सहयोग सम्झौता हुने
काठमाण्डौ । एसियाली विकास बैंक(एडीबी) का अध्यक्ष मासातो कान्दा दुई दिने भ्रमणका लागि नेपाल आएका छन् । आइतबार राति करिब १० बजे काठमाडौं ओर्लिएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरे ।सोमबार र मंगलबार नेपालमा रहने कान्दाको भ्रमणलाई नयाँ सरकार गठनपछिको महत्वपूर्ण कूटनीतिक तथा विकास साझेदारी भेटका रूपमा हेरिएको छ । ...

