कोशी प्रदेश अधिवेशनमा हार बेहोरेपछि गोमा तामाङले राजनीति त्याग्ने घोषणा
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नेतृत्व चयनमा पराजित भएकी गोमा तामाङ (सरिन)ले सक्रिय राजनीतिक जीवनबाट अलग हुने घोषणा गरेकी छन्।रास्वपाको पहिलो कोशी प्रदेश अधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा गरेकी तामाङ पराजित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्रा अन्त्य गर्ने निर्णय सार्वजनिक गरेकी हुन्।

