आईफोनको क्यामेराको नजिकै किन हुन्छ सानो प्वाल ? डिजाइनका लागि मात्रै हो कि अरुनै छ कारण ?
काठमाण्डौ । के तपाईले आईफोनको मोड्युलमा रहेको सानो प्वालमा विचार गर्नु भएको छ। धेरै वर्षदेखि आईफोन प्रयोग गर्नेहरूले पनि यसको बारेमा नजान्न सक्छन्। यो प्वाल मात्र डिजाइनको हिस्सा जस्तो लाग्न सक्छ, तर वास्तवमा यो माइक्रोफोन हो।हो, यो प्वालले खास काम गर्छ। आईफोनलाई त्यसै क्रिएटिभ फोन भनेर मानिएको होइन । कम्पनीले प्रयोगकर्ता र कन्टेन्ट क्रिएटरको आवश्यकता अनुसार यसमा...

