गण्डकी प्रदेशको बजेटमा उत्पादन र रोजगारी प्राथमिकतामा
काठमाण्डौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई नयाँ दृष्टिकोणसहित अघि बढाउने तयारी गरेको छ। घट्दो सङ्घीय अनुदान र कमजोर राजस्व सङ्कलनका कारण यस वर्ष बजेटको आकार करिब रु २९ अर्बमा सीमित हुने अनुमान गरिएपनि सरकारले विकासका प्राथमिक क्षेत्रलाई केन्द्रमा राख्दै योजना निर्माण थालेको हो।

