हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइसकेको जनाएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

