सरकारले नेपाल रिलाई काखी च्याप्दा हिमालयन रि संकटमा परेको चर्चापछि कम्पनीको दाबी-‘व्यवसाय खुम्चिँदैन’
काठमाण्डौ । पुनर्बीमा क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका दुई कम्पनीमध्ये सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) लाई आगामी आर्थिक वर्षको बजेटले अभूतपूर्व नीतिगत साथ दिएको छ। तर यही व्यवस्थाले निजी क्षेत्रको हिमालयन रि इन्स्योरेन्सलाई भने गम्भीर दबाबमा पार्ने संकेत देखिएको छ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा...

