हिम स्टार उर्जाको घाटा ७ करोड बढी पुग्यो, ईपीएस ७३.०९ रुपैयाँले ऋणात्मक
काठमाण्डौ । हिम स्टार उर्जा कम्पनी लिटिमेडको घाटा झनै बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ७ करोड ३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४ लाख ६६ हजार रुपैयाँ घाटामा थियो ।कम्पनीले यो अवधिमा ३ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । कम्पनीले गत माघ १ गतेदेखि कुनै पनि विद्युत बिक्री...

