जेफ्री एपस्टिनसँगको सम्बन्ध बाहिरिएपछि हायात होटल्सका अध्यक्षले दिए राजीनामा
काठमाण्डौ । अमेरिकामा सार्वजनिक गरिएको जेफ्री एपस्टिनसम्बन्धी पछिल्ला फाइलहरूमा आफ्नो नाम जोडिएपछि अर्बपति व्यवसायी थोमस प्रिट्जकरले हायात होटल्सको अध्यक्ष पदबाट अवकाश लिएका छन्।थोमस प्रिट्जकरले सोमबार जारी गरेको वक्तव्यमा आफूले सजाय पाइसकेका यौन अपराधी जेफरी इप्स्टीनसँग सम्पर्क कायम राख्नु गम्भीर भूल भएको स्वीकार गरेका छन्। हालै सार्वजनिक भएका अमेरिकी न्याय...

