सेवाग्राहीले अब मालपोत धाउन नपर्ने, अनलाइन प्रणाली लागू
काठमाण्डौं । सरकारले जग्गाको धितो बन्धकी तथा रोक्का–फुकुवा प्रक्रिया अनलाइन प्रणालीमार्फत शुरु गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत भूमि व्यवस्था तथा अभिलेख विभागले बैंक तथा वित्तीय संस्थाबाट हुने यी सबै काम अब डिजिटल प्रणालीमार्फत गर्न निर्देशन दिएको हो।

