अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा शेष घले र जमुना गुरुङ, कति छ सम्पत्ति ?
काठमाण्डौ । नेपाली मूलका शेष घले र जमुना गुरुङ सन् २०२६ मा पनि अष्ट्रेलियाका सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पर्न सफल भएका छन् । द अष्ट्रेलियनले सार्वजनिक गरेको अष्ट्रेलियाका धनी र शीर्ष आम्दानी गर्ने व्यक्तिहरुको सूचीमा घले र गुरुङ पनि परेका हुन् । उनीहरु १५०औं र १५१औं स्थानमा रहेका छन् ।

