जर्मनीले बढायो विकास सहयोग, स्वास्थ्यदेखि ऊर्जा क्षेत्रसम्म ३६.७ मिलियन यूरो उपलब्ध गराउने
काठमाण्डौ । नेपालका स्वास्थ्य, ऊर्जा र दिगो आर्थिक विकासका कार्यक्रमलाई थप मजबुत बनाउन जर्मन सरकारले ३६.७ मिलियन युरो (करिब साढे ६ अर्ब रुपैयाँ) बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। उक्त सहयोग सन् २०२६–२०२७ अवधिमा कार्यान्वयन हुने विकास कार्यक्रमहरूका लागि परिचालन गरिने जनाइएको छ।

