प्रधानमन्त्री शाह दोस्रो पटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएपछि कांग्रेसले गर्यो बहिष्कार
काठमाण्डौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह लगातार दोस्रो पटक अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको बैठक बहिष्कार गरेको छ।सोमबार बिहान ११ बजेका लागि तय गरिएको बैठकमा पनि प्रधानमन्त्री शाह नआएपछि कांग्रेसका सांसदहरूले असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएका हुन्।

