काठमाडौँ महानगरपालिकाले खुलायो निजी विद्यालयमा छात्रवृत्तिका लागि कक्षा ११–१२ को आवेदन
काठमाण्डौं । काठमाडौँ महानगरपालिका ले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन प्रक्रिया औपचारिक रूपमा शुरु गरेको छ। महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गर्दै योग्य विद्यार्थी छनोटका लागि यसपटक पनि प्रतिस्पर्धात्मक परीक्षा प्रणाली अपनाइने स्पष्ट गरेको हो।

