कपिलवस्तुका दुई पेट्रोल पम्पमा अनियमितता, बिक्रीमा रोक
काठमाण्डौं । कपिलवस्तुको सदरमुकाम तौलिहवा तथा आसपास क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरूको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र गुणस्तर तथा नापतौल कार्यालय बुटवलको संयुक्त टोलीले निरीक्षण गरेको हो।सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार सर्वसाधारणबाट गुनासो आएपछि अनुगमन थालिएको हो।

