कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज शपथ लिँदै
काठमाण्डौ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।प्रदेशसभामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता रहेका शाहीलाई प्रदेश प्रमुखले मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। उनले आफ्नो दलका १४ र सत्ता साझेदार नेकपा एमालेका ९ गरी कुल २३ प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका...

