बेलायती प्रधानमन्त्रीले भने, ‘इरानलाई आणविक हतियार बनाउने अनुमति दिन सकिदैन’
काठमाण्डौ । बेलायती प्रधानमन्त्री कियर स्टारमरले इरानलाई कहिले पनि आणविक हतियार बनाउन अनुमति दिन नसकिने बताएका छन् । इरानको आणविक साइटहरूमा अमेरिकी आक्रमणको प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् । उनले आफ्नो बयानमा भने, ‘इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा हो। इरानलाई कहिले पनि आणविक हतियार बनाउन अनुमति दिन सकिँदैन र यो खतरा कम गर्न...