प्रधानन्यायाधीश नियुक्तिमा परम्परा भत्कियो, विवाद चुलियो
काठमाण्डौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिलाई लिएर संवैधानिक परिषद्ले गरेको पछिल्लो निर्णयले नेपालको न्यायालयभित्र नयाँ तरंग सिर्जना गरेको छ । विगतको स्थापित वरिष्ठता परम्परा तोड्दै चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि कानुनी, राजनीतिक र बौद्धिक वृत्तमा तीव्र बहस सुरु भएको हो । यसबीच पूर्वप्रधानन्यायाधीश...

