दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘नाफा बुक र सामान्य करेक्सन’
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज उत्पादन समूह र व्यापार समूहबाहेकका सबै समूहमा रातो पोतिएको छ । उत्पादन तथा प्रशोधन समूह ०.४८...

