मेस्सीले अझै धेरै गोल गर्लान तर मेरो पहिलो लक्ष्य विश्वकप उपाधि नै हो: एमबाप्पे
काठमाण्डौ । फ्रान्सका कप्तान किलियन एमबाप्पेले आफूलाई व्यक्तिगत गोल कीर्तिमानभन्दा पनि टोलीलाई फिफा विश्वकपको उपाधि दिलाउने लक्ष्यले बढी प्रेरित गरेको बताएका छन्।मंगलबार सम्पन्न राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो। उक्त खेलमा एमबाप्पेले दुई गोल गर्दै यस संस्करणमा आफ्नो गोल संख्या ६ पुर्याएका छन्। साथै, विश्वकपमा उनको...

