मेची भन्सारबाट आयात बढ्यो, राजश्व संकलन पनि १५.६९%ले वृद्धि
काठमाण्डौ । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा १२ अर्ब २८ करोड ३० लाख मूल्यबराबरका मालवस्तु आयात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख अर्थात् १३.३१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा काँकडभिट्टा नाकाबाट १० अर्ब ८४ करोड ३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो ।

