जेनजी आन्दोलनको प्रभावले लघुवित्तहरुको खराब कर्जा बढ्दै, नाफामा भने देखियो सुधार
काठमाण्डौ । लघुवित्त संस्थाहरुको खुद मुनाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आवको दोस्रो त्रैमाससम्म लघुवित्त संस्थाहरुले ४ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७७.७१ प्रतिशत बढी हो । ७७.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लुघवित्त संस्थाहरुले २ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए । नेपाल राष्ट्र बैंकले दिएको...

