मिडिल मोदी हाईड्रापावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । मिडिल मोदी हाईड्रापावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा असार २९ गते ललितपुरको सानेपामा रहेको कम्पनीको सभा कक्षमा दिउँसो १ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।