विश्वकप २०२६ः क्यानडालाई हराउँदै मोरक्को बन्यो क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली
काठमाण्डौ । मोरक्कोले सह–आयोजक क्यानडामाथि ३–० को प्रभावशाली जित निकाल्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाउने पहिलो टोली बनेको छ। अन्तिम १६ अन्तर्गत भएको खेलमा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले लगातार १० खेलको अपराजित यात्रालाई पनि कायम राख्यो।घरेलु समर्थकको साथ पाएको क्यानडाले पहिलो हाफमा आक्रामक सुरुआत गरेको थियो। खेलको सुरुआती १५...

