सगरमाथामा ३१ औँ पटक कामीरिता शेर्पा, बनाए विश्व रेकर्ड
काठमाण्डौ । नेपाली आरोही कामीरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण गर्ने दुलर्भ किर्तिमान आफ्नो नाम गरेका छन् । उनले आफ्नो यसअघिको रेकर्ड तोड्दै हालसम्म सबैभन्दा बढीपटक सगरमाथा चढ्ने विश्व रेकर्ड कायम गरेका हुन् ।