नारायणघाट–बुटवल सडक ९१% पूरा, जेठ १५ भित्र मुख्य काम सक्ने लक्ष्य
काठमाण्डौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लामो समयदेखि ढिलाइ र समस्याग्रस्त बनेको नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजना अब अन्तिम चरणमा पुगेको छ। सडक विभागका अनुसार आयोजनाको भौतिक प्रगति करिब ९१ प्रतिशत पूरा भएको छ।

