बैंक तथा वित्तीय संस्थाले अब ‘मेरोकित्ता’बाटै सेवा लिनुपर्ने
काठमाण्डौ । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकित्ता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ।कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो।

