घुस लिएको पुष्टि भएका नेपाल बैंकका सञ्चालक परे राष्ट्र बैंकको कारबाहीमा
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक डा. चन्द्र बहादुर अधिकारीले घुसखोरी गरेको पुष्टि भएको छ । ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै उनले पैसा उठाएको पुष्टि भएको हो । राष्ट्र बैंकको छानबिनबाट उनले ऋणीसँग पैसा लिएको खुलेको हो । केन्द्रीय बैंकले अधिकारीलाई कारबाही र हर्जाना तिराउने समेत जानकारी गराएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले उनलाई ५ लाख रुपैयाँ जरिवाना तिराउने...