नेपाल रिकन्डिसन अटो व्यवसायी संघको अध्यक्षमा प्रवीण लामिछाने
काठमाण्डौ । काठमाण्डौमा शनिबार सम्पन्न नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाबाट प्रवीण लामिछाने सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्।

