रास्वपा सभापति लामिछानेको निर्देशन : कागजातमा एकरूपता र अनुशासन अनिवार्य
काठमाण्डौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र संस्थागत अनुशासन र एकरूपता कायम गर्न सांसदहरूलाई निर्देशन दिएको छ।पार्टी सभापति रवि लामिछानेले संसदीय दलको अनौपचारिक बैठकमा सांसदहरूले प्रयोग गर्ने लेटरहेड, कार्डलगायतका कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन्।

